चितवन : नेकपा एमाले माडी नगर कमिटीको तेस्रो नगर अधिवेशनले पुनः नारायण प्रसाद अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं, उप-सचिवमा गीता विश्वकर्मा र कृष्णराज अधिकारी चयन भएका छन्। त्यस्तै, लेखा संयोजकको जिम्मेवारी श्याम बन्धु पोखरेललाई दिइएको छ।
यस अधिवेशनको उद्घाटन पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले गरेका थिए। माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सम्पन्न अधिवेशनअन्तर्गत बन्दसत्र दुई दिनभित्रै सहमतिमा टुंगिएको हो। अधिवेशनले ७१ सदस्यीय नगर कमिटी गठन गरेको छ।