Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

भरतपुर : चितवनको आसपासलाई लक्षित गर्दै यामाहा ब्राण्डले यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ। यामाहाको लागि चितवनको आधिकारिक वितरक कर्माचार्य इन्टरप्राईजेज तथा नविन अटो सेन्टरले एकसाथ नयाँ मोटरसाइकलको सार्वजनिक गरेको हो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवि सुवेदी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली र कर्मचार्य इन्टरप्राईजेजका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले संयुक्त रुपमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेका हुन् ।नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालि हो ।

राजधानी काठमाण्डौं सँगै चितवन आसपासका यामाहा मोटरसाइकलका पारखीहरुलाई लक्षित गर्दै सार्वजनिक भएको एक्सएसआर ब्लु भेरियन्टको सुरुवाती मूल्य पाँच लाख ३४ हजार ९०० रुपैयाँ रहेको प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले बताए ।‘बिल्ट अन लिगेसी, ड्रिभन बाई पर्फर्मेन्स’को दर्शनमा आधारित यो मोटरसाइकलले आकर्षक नियो–रेट्रो लुक्स र आधुनिक पर्फर्मेन्ससहित आफ्नो छुट्टै पहिचानलाई एकसाथ समेटेको कर्माचार्यले जानकारी दिनुभयो । बाजेको पालादेखि नातीको पालासम्म चितवन आसपास क्षेत्रमा नविन अटो र कर्माचार्य इन्टरप्राईजेजले यामाहा ब्राण्डलाई स्थापित गराई एकै ठाउँमा सेल्स, सर्भिस र स्पेयर्स पाट्र्स उपलब्ध गराउँदै आएको छ । यामाहाका ग्राहकलाई लक्षित गरी नयाँ मोडल आउने बित्तिकै चितवनमा समेत सार्वजनिक हुनु गौरवको विषय रहेको उवासंघ चितवनका अध्यक्ष सुवेदीले बताए । यस्तै बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले मध्य नेपालमा स्थापित ब्राण्डका रुपमा यामाहालाई चिनाउन नविन अटो र कर्माचार्य इन्टरप्राईजेज सफल भएकोमा बधाई दिदै थप ग्राहकमैत्री बन्न सुझाव दिए । कार्यक्रममा कर्माचार्य इन्टरप्राईजेजका सञ्चालक सुनिता लिगल कर्माचार्य र युवा समाजसेवी राकेशमान श्रेष्ठ लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट