Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

८४ लाख ७६ हजार बराबरको सुन र गहना चोरेको आरोपमा ५ जना पक्राउ

८४ लाख ७६ हजार बराबरको सुन र गहना चोरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ स्थित लोकन्थलीबाट सुन र नगद चोरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । असोज १८ मा आरोपीहरूले सुन र नगदसहित ८४ लाख ७६ हजार बराबरको चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।आरोपीहरूलाई शनिबार काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ घर भएका २८ वर्षीय सिजल तामाङ, दोलखाको भीमेश्वर–७ घर भएकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ घर भएका ३३ वर्षीय प्रकाश कटुवाल, काठमाडौँका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोट घर भएका ४५ वर्षीय जितबहादुर विश्वकर्मा छन् । 

आरोपीहरूको साथबाट चोरी गरेको ६ तोला ८९ लाल सुनका गहना र २ लाख ७० हजार नगद प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट