Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीले उनलाई शपथ खुवाएका हुन् ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठ कृषि वैज्ञानिक, बागवानीविद् र प्राध्यापक रहेका डा.खत्री ४ दशकदेखि आलुबाली अनुसन्धान र बागवानी क्षेत्रमा सक्रिय छन् ।

उनीसँग नेपाल कृषि अनुसन्धान परिषद्को नेतृत्व, विभिन्न परियोजनाहरूको व्यवस्थापन र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट