Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

‘आफ्नै साथी कमरेड भन्छ, नजिक आएर छुरा हान्छ’ : ओली

‘आफ्नै साथी कमरेड भन्छ, नजिक आएर छुरा हान्छ’ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध चौतर्फी हमला भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफ्नो नजिक भनिएका व्यक्तिले नै छुरा हानेको टिप्पणी गरे ।उनले पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै भने, ‘यसो हेर्‍यो आफ्नै साथी जस्तो लाग्छ । कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने ? कता नजोगिने ? मैले अस्ति भेलामा पनि मैले भनेको थिएँ । भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ ।

आफूले ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियान सुरू गरेको उनको भनाइ थियो । उक्त राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनुपरेको र विभिन्न झूटा आरोप तथा मुद्दा खेप्नुपरेको ओलीले सम्झिए ।उनले थपे, ‘म चाहिँ मर्ने इच्छा गर्दिनँ । इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । लडिन्छ यो देशका लागि र मलाई चिन्ता छैन । किनभने मैले मेरो लागि कामै गरेको होइन । सधैँ मैले देश र जनताका लागि काम गरेको छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट