Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भयो : बालेन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भयो : बालेन

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भएको जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।'

बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए ।

Screenshot 2026-10-11 104832.png
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट