काठमाडौँ : नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक दाहालले सो आग्रह गरेका हुन् ।
बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफूलाई मर्माहत बनाएको समेत उनले बताएका छन् । साथै उनले बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेका छन् ।
संयोजक दाहालले भनेका छन् :
गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ।
प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु। साथै, बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु। यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij