Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नयाँ भवनबाट इच्छाकामना आधारभूत अस्पतालको सेवा सुरु

नयाँ भवनबाट इच्छाकामना आधारभूत अस्पतालको सेवा सुरु

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो। यसअघि स्वास्थ्यचौकीको भवनबाट सेवा प्रदान गर्दै आएको अस्पतालले अब नयाँ भवनबाट सेवा दिने भएको छ।

१५ शय्याको यस अस्पतालको भवन १४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

इच्छाकामनासहित गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले समेत यस अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो। पृथ्वीराजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेले समेत अस्पतालबाट आकस्मिक सेवा लिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट