Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आरुघाटमा बाढीले पुल बगाएपछि बेलिब्रिज राख्न हेटौँडाबाट सामान ल्याइँदै

आरुघाटमा बाढीले पुल बगाएपछि बेलिब्रिज राख्न हेटौँडाबाट सामान ल्याइँदै

काठमाडौं :  बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।बेलिब्रिज निर्माणका लागि आवश्यक सामान सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ। सामान आइपुगेलगत्तै निर्माणको काम सुरु गरिने कार्यालय प्रमुख विनोद पुनले जानकारी दिएका छन्।

उनका अनुसार हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको र सम्भवतः भोलिसम्म सामान आइपुग्नेछ। सामग्री आएलगत्तै काम सुरु हुने उनले बताएका छन्।बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोली पनि फिल्डमा खटिएको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माणस्थलको अवलोकन गर्न टोली खटाइसकिएको छ।

‘रेकीका लागि टोली गइसकेको छ। हेटौँडाबाट सामान आएलगत्तै काम सुरु हुन्छ,’ रिजालले पनि भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट