Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित, २०२७ मा महँगी ५.८ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित, २०२७ मा महँगी ५.८ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा यस्तो देखिएको हो ।उक्त प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षमा ४ प्रतिशतभन्दा तल रहनेछ । यद्यपि सन् २०२६ को तुलनामा सन् २०२७ मा वृद्धिदर सामान्य सुधार हुने अनुमान गरिएको छ । सन् २०२७ मा नेपालको अर्थतन्त्र ३.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

आईएमएफको प्रतिवेदनले नेपालमा महँगी पनि आगामी वर्ष बढ्ने देखाएको छ । सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट