Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँ : तनहुँको भिमाद नगरपालिका-०५ शीतलमार्गस्थित भित्री सडक-खण्डमा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानका अन्दाजी तीन वर्षीय स्वरूप गैरे रहेका छन्।

मंगलबार बिहान करिब ८:५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको ग.प्र.०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले बालक गैरेलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा लगिएकोमा उपचारकै क्रममा बिहान ९:५६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट