काठमाडौँ : नेपाली कांग्रेसको जारी मतगणनामा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडाको जीत निश्चित भएको छ । कांग्रेसको महाधिवेशनमा ७ हजार ३९ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यो मध्य अहिलेसम्म ५ हजार ५ सय ८८ मत गणना भइसक्दा खतिवडाको जीत निश्चित भइसकेको हो ।
हालसम्मको मतगणनामा खतिवडाले २ हजार ३ सय ५९ मत प्राप्त गर्दै शीर्ष स्थानमा छन् । २ सहमहामन्त्रीका लागि ९ जना प्रतिस्पर्धामा छन् । दोस्रोमा रहेका अजयबाबु सिवाकोटीको १ हजार ७ सय २४ मत छ । तेस्रोमा रहेका डिल्लीराम सुवेदीले १ हजार ४ सय ५१ मत पाएका छन् । दुई जना निर्वाचित हुने भएकाले तेस्रोमा रहेका सुवेदी र पहिलोमा रहेका खतिवडाको मतान्तर ९ सय ८ मतको छ । अहिलेसम्मको मत आएको ट्रेण्ड हेर्दा र बाँकी रहेको मतगणनाका आधारमा उनको जीत निश्चित भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij