Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

गृहपृष्ठसमाचारठकुरी कल्याण समाज चितवनको २०औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ पदाधिकारी मनोनीत

गृहपृष्ठसमाचारठकुरी कल्याण समाज चितवनको २०औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ पदाधिकारी मनोनीत

चितवन : ठकुरी कल्याण समाज चितवनद्वारा आयोजित २०औँ वार्षिक साधारण सभा तथा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।समाजका अध्यक्ष रामराज सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठकुरी समाज महासंघ नेपालकी अध्यक्ष एवं समाजसेवी शकुन्तला शाही प्रमुख अतिथि तथा ठकुरी कल्याण समाजका संस्थापक अध्यक्ष एवं ठकुरी समाज महासंघ नेपालका संस्थापक अध्यक्ष मोहनविक्रम शाह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा ठकुरी समाज महासंघ नेपालका सदस्य दीपक सिंह ठकुरी, रामजी सिंह ठकुरी, दर्शन सहकारी संस्थाका अध्यक्ष यमबहादुर ठकुरी मल्ल, निवर्तमान अध्यक्ष भेषराज हमाल, दर्शन सहकारी संस्थाका निवर्तमान अध्यक्ष नेत्रराज हमाललगायत पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शकुन्तला शाहीले ठकुरी समुदायका सम्पूर्ण सदस्य आपसी सद्भाव, सहयोग र एकताका साथ अघि बढ्न सके समाजलाई अझ सशक्त, सङ्गठित र सम्मानित बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले आफ्नो व्यक्तिगत तथा ठकुरी समाज महासंघ नेपालको तर्फबाट सम्पूर्णमा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्नुभयो।

त्यसैगरी, अध्यक्ष रामराज सिंह ठकुरीले समाजले गत वर्ष गरेका गतिविधि तथा कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र एकताबाट समाजलाई थप सक्रिय, प्रभावकारी र सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।कार्यक्रमका अवसरमा समाजका रिक्त पदहरू पूर्ति गर्ने क्रममा महासचिव महेन्द्र सेन ठकुरीलाई उपाध्यक्ष, सचिव छबेन्द्र विक्रम खाँडलाई महासचिव, सदस्य दुर्गाबहादुर सिंह ठकुरीलाई सचिव तथा बिन्द्रा शाहलाई सदस्य पदमा मनोनीत गरिएको छ।मनोनीत भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रामराज सिंह ठकुरीले उपस्थित सम्पूर्ण अतिथि, पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै विजयादशमीको शुभकामना व्यक्त गर्नुभयो। साथै, समाजलाई आगामी दिनमा अझ सशक्त, एकताबद्ध र सङ्गठित बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले कार्यक्रम समापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट