Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटामा नयाँ प्याकेज

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटामा नयाँ प्याकेज

काठमाडौँ : नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ। कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू सञ्चालनमा ल्याएको हो।नयाँ अफरअन्तर्गत नेपाल टेलिकमका डाटा तथा कम्बो प्याकेजहरूलाई थप आकर्षक बनाइएको छ। ‘अल नेट भ्वाइस प्याक’ अन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकहरू उपलब्ध गराइएका छन्। यी प्याकहरूको समयावधि क्रमशः १ दिन, ३ दिन, ७ दिन र ३० दिन रहने टेलिकमले जनाएको छ।

त्यसैगरी ‘सजिलो अनलिमिटेड’ अन्तर्गत ६९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ। १,४९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस उपलब्ध गराइएको छ।पोस्टपेड प्रयोगकर्ताहरूले ३७३ रुपैयाँ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य कम्बो प्याकहरू प्रयोग गर्न सक्नेछन्। यसबाहेक बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेजहरू उपलब्ध गराइएको छ।ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत यी प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट