Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

धानको भुसभित्र लुकाएर लैजाँदै गरिएको १५९ किलो गाँजासहित पिकअप चालक पक्राउ

धानको भुसभित्र लुकाएर लैजाँदै गरिएको १५९ किलो गाँजासहित पिकअप चालक पक्राउ

उदयपुर : उदयपुरको बेलका नगरपालिका-०५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पिकअप चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका-०८ आदोरा बस्ने अन्दाजी २८ वर्षीय पशुपति साफी रहेका छन्। सोमबार दिउँसो प्रहरी चौकी लालबजार, उदयपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमाण्डमा खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो।

रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५२९० नम्बरको पिकअपलाई रोकेर जाँच गर्दा धानको भुसका बोराले छोपेर लैजाँदै गरिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उक्त गाँजा तौल गर्दा १५९ किलो ४०० ग्राम रहेको पाइएको छ। गाँजा र पिकअपसहित चालक साफीलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट