Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सेयर बजारमा सामान्य वृद्धि, बैंकिङ समूहमा उत्साह

सेयर बजारमा सामान्य वृद्धि, बैंकिङ समूहमा उत्साह

काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४.०० अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको छ।आजको बजारमा कुल २७७ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ।बजार बन्द हुँदा कुल ४ अर्ब ४६ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच भएको छ।

आजको बजारमा सर्वाधिक कमाउनेमा धौलागिरि लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा अगाडि रहेको छ। त्यसैगरी, स्कोनो रिभरको मूल्य १३.९२ प्रतिशतले बढेको छ। अरू कम्पनीहरूको उतारचढाव एकल अङ्कमा रहेको छ ।कारोबार रकमको आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, घलेम्दी हाइड्रो र साहस ऊर्जा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।समूहगत रूपमा हेर्दा आज बैंकिङ र ट्रेडिङ क्षेत्रमा एक प्रतिशत भन्दा धेरैको सुधार देखिएको छ। अन्य समूहमा सोभन्दा कमको मात्रै उतारचढाव छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट