काठमाडौँ : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको बेथिति हटाउने आफ्नो पहिलो काम हुने बताएका छन् ।शुक्रबार यादव सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
‘अब हाम्रो योजना भनेको प्रदेश बेथितिमा रहेको छ, पहिलो काम थितिमा ल्याउने हो’, उनले भने, ‘सुशासन कायम गर्ने हो ।’उनले मधेस प्रदेश गरिबी र अशिक्षाबाट गुज्रिरहेको भन्दै पहिलो प्राथमिकता दिएर काम सुरु गर्ने बताए । उनले त्यसअघि चरणबद्ध रूपमा मन्त्रिमण्डल विस्तार गर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij