काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको छ।ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।
यो जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँमा झरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij