Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

२१ किलो सुन तस्करी प्रकरणः एक हप्ता रेकी गरेर सुनसहित ३ चिनियाँ नागरिक पक्राउ, ‘नेक्सस’ खोज्दै प्रहरी !

२१ किलो सुन तस्करी प्रकरणः एक हप्ता रेकी गरेर सुनसहित ३ चिनियाँ नागरिक पक्राउ, ‘नेक्सस’ खोज्दै प्रहरी !

काठमाडौँ :  बुढानीलकण्ठबाट बरामद गरिएको २१ किलो सुन चिनियाँ नागरिकले ल्याएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गरेको अनुसन्धानबाट सो सुन चिनियाँ नागरिकले नेपाल ल्याएको खुलेको हो ।अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार उक्त कार्यमा तीन जना चिनियाँ नागरिकको संलग्नता देखिएको छ । बुढानीलकण्ठबाट बरामद गरिएको २१ किलो सुन चिनियाँ नागरिकले ल्याएको खुलेको छ ।
 
उनीहरुले एक जना नेपाली नागरिकसँग मिलेर तस्करी गरिएको २१ किलो सुन बुढानीलकण्ठमा राखेको प्रहरीले जनाएको छ । प्रहरीका स्रोतका अनुसार सुन ल्याएर बुढानीलकण्ठमा राखेको सूचना गृहमन्त्री सुदन गुरुङसम्मै पुगेको थियो । गुरुङकै निर्देशनमा प्रहरीले सो अपरेशन अघि बढाएको पनि स्रोतले बताएको छ ।सोही सूचनाका आधारमा प्रहरीले सो सुन राखिएको ठाउँमा एक हप्ता रेकी गरेको थियो । एक हप्तासम्म रेकी गरेपछि र घरधनीसहित शंकास्पद व्यक्तिहरुको विवरण निकालेपछि प्रहरीले सो सुन बरामद गरेको हो । उक्त प्रकरणमा प्रहरीले केहीलाई पक्राउ समेत गरिसकेको छ ।

प्रहरीले सो स्थानबाट १० किलो सुन र प्रशोधन गर्न बाँकी ११ किलो सुनसहित सुनको ढिक्का बनाउन प्रयोग गरिने उपकरणसमेत बरामद गरेको छ । उक्त सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको आशंका गरिए पनि सो विषयमा थप अनुसन्धान भइरहेको र सो को विषयमा शुक्रबार (आज) जानकारी दिने तयारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij