Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन आग्रह

दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन आग्रह

दसैँमा यात्रुको चाप बढेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महिला यात्रुलाई चालकसँगैको क्याबिन सिटमा टिकट नदिन व्यवसायीलाई आग्रह गरेको छ ।महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै महिलालाई चालकको पछाडिको सिटमा टिकट उपलब्ध गराउन आग्रह गरेका हुन् ।चालकको छेउमा महिला यात्रु बस्दा चालकलाई असहज हुने र ध्यान विचलित हुन सक्ने गुनासो आउने गरेको उल्लेख गर्दै सिटौलाले यसले लामो दूरीको यात्रामा दुर्घटनाको जोखिम बढाउन सक्ने बताएका छन् ।

दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको चाप बढेको छ । विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू बिहानैदेखि काउन्टरमा पुग्न थालेका छन् ।यसैबीच, महिलालाई चालकसँगैको सिटमा टिकट नदिन गरिएको आग्रहप्रति महिला अधिकारकर्मीहरूले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij