विराटनगर : किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनका अवसरमा शुक्रबार विराटनगरमा निकालिएको र्यालीमा सहभागी पहिचानवादीहरूले कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन्।विराटनगरको रोडशेष चोकबाट निकालिएको र्यालीमा किरात राई समुदायका मानिसहरू जातीय पहिरनमा सहभागी भएका थिए । र्यालीका सहभागीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि करिब १५ मिनेट प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा उनीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानको आधारमा कोशीको नामकरण गर’ र ‘पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए। उनीहरूले पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।रोडशेष चोकबाट सुरु भएको र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरेपछि वीरेन्द्र सभागृह पुगेको थियो। त्यहाँ किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij