काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका एजेन्डा पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले विभिन्न एजेन्डा पारित भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकले छलफलका लागि ७ वटा एजेन्डाहरू पारित गरेको छ।
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२.जन जागरण तथा सङ्गठन सुदृढीकरण अभियान
३. महाधिवेशन र अधिवेशनहरू बारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij