काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि महोत्तरीको बर्दिबासमा सुरु भएको हो। यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा अब प्रतिष्ठानको नेतृत्वमा पुगेका छन्।
शुक्रबार निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्ष शर्मासहित वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्।त्यस्तै, महासचिवमा शिव हमाल पनि निर्विरोध भएका छन्। उपाध्यक्ष पदमा भने देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लको उम्मेदवारी परेको छ।लोकदोहोरी प्रतिष्ठानको ९ औं महाधिवेशन महोत्तरी जिल्लाको बर्दिवासमा भइरहेको छ । प्रतिष्ठानका अन्य पदमा भने शुक्रबार मतदान हुँदै छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij