Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मौसम पूर्वानुमान : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं :  देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा नदी, खोला र कमजोर भू–भाग आसपास यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij