काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ वटा शव फेला परेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा सोमबार ती शव एउटै घरमा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती शव मिनिमार्टमा भेटिएका हुन् । उद्धार टोलीले मिनिमार्ट रहेको घरभित्रबाट २४ वटा शव फेला पारेको नुवाकोट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी र्दि ।
उनका अनुसार फेला परेका शवमध्ये १० वटा शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ। बाँकी शव पनि सोही अस्पताल पठाउने तयारी भइरहेको छ ।
बाढीले बगाएर ल्याएको माटो तथा बालुवाले घरभित्र ठूलो क्षति पुर्याएको र अहिले पनि उद्धार टोलीले थप खोजी गरिरहेको प्रहरीको भनाइ छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटसहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij