Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रवि लामिछानेलाई प्रधानमन्त्रीको सुझाव : ‘चुनौती धेरै छन्, सम्हालिएर अघि बढ्नु’

रवि लामिछानेलाई प्रधानमन्त्रीको सुझाव : ‘चुनौती धेरै छन्, सम्हालिएर अघि बढ्नु’

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो । 

भेटका क्रममा प्रधानमन्त्री कार्कीले रास्वपासँग देशवासीले ठुलो अपेक्षा गरेको भन्दै चुनौती धेरै भएपनि सम्हालिएर अघि बढ्नुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दो रहेछ ।’ भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट