Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

२९ घण्टादेखिको ब्ल्याकआउटबिच क्युबामा विद्युत् सेवा सुचारु

२९ घण्टादेखिको ब्ल्याकआउटबिच क्युबामा विद्युत् सेवा सुचारु

 काठमाडौँ : केन्याले पावर ग्रिड रिकनेक्ट गरेर तेलबाट चल्ने आफ्नो सबैभन्दा ठुलो ऊर्जा केन्द्रलाई सञ्चालनमा ल्याएको छ । यो सँगै २९ घण्टाभन्दा बढी समयदेखि देशभरमा व्याप्त बिजुली कटौतीको अवस्था अन्त्य भएको अधिकारीहरूले बताएका छन् । 
 
ब्ल्याकआउटका कारण झन्डै एक करोड मानिसहरू रातभर अँध्यारोमा परेका थिए । मंगलबार स्थानीय समयअनुसार साँझ करिब ६ः११ बजे मात्रै क्युबाको पावर ग्रिड पूर्ण रूपमा अनलाइनमा आएको बताइएको छ । तर पर्याप्त विद्युत् उत्पादन नभएकोले ऊर्जा अभाव जारी रहन सक्ने चेतावनी सरकारका अधिकारीहरूले दिएका छन् । अमेरिकाले क्युबाको तेल आपूर्ति रोकिदिएपछि बिजुली उत्पादन प्रभावित भएको छ ।

अमेरिकाले भेनेजुएलाबाट क्युबातर्फको तेल आपूर्ति रोकिदिँदा क्युबाको ऊर्जा सङ्कट झन् गहिरिएको छ । क्युबाली राष्ट्रपति मिगुएल डियाज–कानेलले अमेरिकी दुर्व्यवहार र देशको सार्वभौम अधिकारमाथि दिइएका धम्कीहरूको कडा रूपमा आलोचना गरेका छन्। अमेरिकाले आफ्नो देशका स्रोत, सम्पत्ति र अर्थतन्त्र नियन्त्रणमा लिन योजना बनाइरहेको अनि आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास गरिरहेको उनले सामाजिक सञ्जालमा एउटा पोस्टमा उनले भनेका छन्। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट