Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बुद्धचोकमा खुल्दै सेल्सबेरीको दोस्रो शाखा, असोज २५ देखि सेवा सुरु

बुद्धचोकमा खुल्दै सेल्सबेरीको दोस्रो शाखा, असोज २५ देखि सेवा सुरु

चितवन :  चितवनको भरतपुरमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको सेल्सबेरी चितवनले आफ्नो दोस्रो शाखा भरतपुर महानगरपालिका–७ स्थित बुद्धचोकमा सञ्चालनमा ल्याउने भएको छ।

 

घटस्थापनाको अवसर पारेर यही असोज २५ गतेदेखि नयाँ शाखा सञ्चालनमा आउन लागेको हो। नयाँ शाखा विस्तारसँगै बुद्धचोक तथा आसपासका क्षेत्रका उपभोक्ताले सहज रूपमा किनमेल सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

 

उपभोक्ताको चाहना, आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याउन लागिएको सिबिसीका कार्यकारी अध्यक्ष दिनुप बरालले बताउनुभयो।

 

उहाँका अनुसार उपभोक्तालाई सहज, व्यवस्थित र गुणस्तरीय किनमेलको अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित शाखा विस्तार गर्न लागिएको हो । बुद्धचोकमा नयाँ शाखा सञ्चालनमा आएसँगै सेल्सबेरी चितवनले आफ्नो सेवा क्षेत्र थप विस्तार गर्नेछ। चाडपर्वको समयमा उपभोक्तालाई आवश्यक सामग्रीको किनमेल सहज बनाउन पनि नयाँ शाखाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट