Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बुढीगण्डकी बाढी : मुग्लिनसम्म उच्च जोखिम, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

बुढीगण्डकी बाढी : मुग्लिनसम्म उच्च जोखिम, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

चितवन :  बुढीगण्डकी नदीमा बाढीको सतह खतरा तहभन्दा माथि पुगेको र बढ्ने–घट्ने क्रम जारी रहेकाले त्रिशूली नदीको मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मुग्लिनसम्मका नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले सुरक्षित उच्च स्थानमा जान र चितवन तथा नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन अनुरोध गरिएको छ ।

बाढीसम्बन्धी थप जानकारीका लागि ‘नेपाल बाढी सूचना’ फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट