Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

युएईका तीन बन्दरगाह खाली गर्न इरानको चेतावनी

युएईका तीन बन्दरगाह खाली गर्न इरानको चेतावनी

एजेन्सी : इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न भनेको छ ।

अमेरिका र इजरायलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो ।

उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।  तेहरानले संयुक्त अरब इमिरेट्सका बन्दरगाह, डक तथा आश्रयस्थल प्रयोग गरेर अमेरिकाले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट