काठमाडौँ: अमेरिका र इजरायलले इरानमाथि जारी राखेको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढ्दो छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ११८ डलर माथि पुगेको छ। जुन पछिल्लो पाँच वर्षयताकै उच्च हो।
विशेषज्ञहरूले दीर्घकालीन द्वन्द्व र उत्पादन अवरोधका कारण तेल मूल्य अझ बढ्न सक्ने चेतावनी दिएका छन्। तेलको मूल्य सय डलर प्रति ब्यारेलभन्दा माथि पुगेपछि जी–७ राष्ट्रहरूले आपत्कालीन बैठक बोलाएका छन्। अमेरिकी–इजरायल–इरान युद्धका कारण ऊर्जा आपूर्ति जोखिममा परेको र सेयर बजारमा गिरावट आएको भन्दै यसको समाधानका लागि बैठक बोलाइएको हो। जी–७ मा क्यानडा, फ्रान्स, जर्मन, इटाली, जापान, बेलायत र अमेरिका रहेका छन्।
बेलायतकी चान्सलर राचेल रिभ्ससहितका वित्त मन्त्रीहरूले द्वन्द्वको आर्थिक प्रभावबारे छलफल गर्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij