Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकामा ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइयो

अमेरिकामा ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइयो

अमेरिका : अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस उत्साह र भव्यताका साथ मनाएका छन् । अमेरिकाको एप्पलटन सहरमा नारी दिवसको अवसर पारेर पुनम खनालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले नारी अधिकार, सशक्तीकरण तथा सामाजिक भूमिकाबारे छलफल गर्दै दिवसलाई उत्साहपूर्ण वातावरणमा मनाएका थिए ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा डा. शान्ति तिमिल्सिनाले मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले महिलाहरूको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि तथा स्वस्थ जीवनशैलीबारे महत्वपूर्ण जानकारी दिइन् । प्रशिक्षणका क्रममा सहभागी महिलाहरूले विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा उपस्थित महिलाहरूले विदेशमा रहेर पनि नेपाली समाज र संस्कृतिसँग जोडिँदै यस्ता कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउनुका साथै महिलाहरूको सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

आयोजक पुनम खनाल, राधिका भण्डारी र इन्दिरा अधिकारी खड्काले महिलाहरूलाई एकै ठाउँमा भेला गराई अनुभव आदानप्रदान गर्ने र स्वास्थ्य तथा सचेतनासम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिइन् । अमेरिकाबाट लक्की रिजालका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो। सहभागीहरूले कार्यक्रमले महिलाहरूलाई प्रेरणा र हौसला प्रदान गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij