Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अबुधावीमा ड्रोनको भग्नावशेष लाग्दा ६ जना नेपाली घाइते

अबुधावीमा ड्रोनको भग्नावशेष लाग्दा ६ जना नेपाली घाइते

काठमाडौँ : संयुक्त अरब इमिरेट्सले ड्रोनको भग्नावशेष लागेर नेपाली घाइते भएको जनाएको छ। अबुधावीका अधिकारीहरूले ‘आईसीएडी टु’ औद्योगिक क्षेत्रमा सो घटना भएको जनाएका छन्।

सो घटनामा ६ जना नेपाली र पाकिस्तानी नागरिक घाइते भएको बताइएको छ। घाइते मध्ये कति नेपाली नागरिक हुन खुलाइएको छैन। घाइतेहरू सामान्य देखि गम्भीर अवस्थामा रहेको जनाएको छ। यसअघि पनि ड्रोनलाई निष्कृय गर्ने क्रममा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि खाडी क्षेत्रमा युद्ध सुरू भएको छ। इरानले अमेरिकाको सैनिक शिविर रहेको खाडीका देशहरू नियमित रुपमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट