चितवन : २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सञ्चालन भइरहेको “पूर्व-पश्चिम झण्डा मार्च” कार्यक्रमका क्रमममा सशस्त्र प्रहरीको टिम चितवन आईपुगेका छन् । सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा “पूर्व-पश्चिम झण्डा मार्च” कार्यक्रम गरिरहेको छ । सोही क्रममा उनिहरु चितवन आएका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको टोलीले माडीको बसन्तपुरमा झण्डा हस्तान्तरण समेत गरेको थियो । सो झण्डा नेपालको राष्ट्रिय झण्डा तथा सशस्त्र प्रहरी बल, नेपालको झण्डा मार्च कार्यक्रमको निरन्तरताका लागि हस्तान्तरण गरेको हो ।
झण्डा हस्तान्तरणपछी सो टोली माडी हुँदै भरतपुर आएका थिए । भरतपुरको चबिसकोठी देखी आपटारीसम्म र्याली समेत भएको थियो । सो कार्यक्रमले गस्ती र सिमाको सुरक्षाको व्यवस्थापना गर्न सहज हुने बागमती प्रदेश एपिएफका प्रमुख डिआइजी अन्जन कुमार पोख्रेलले बताए ।
नेपाल सशस्त्र प्रहरीले देश र नागरिकको सुरक्षाको लागि हाल २६० बोर्डर आउटपोस्ट स्थापना गरेको उनले बताए । सिमा र सिमामा बस्ने नागरिकको सुरक्षाका लागि “पूर्व-पश्चिम झण्डा मार्च” कार्यक्रमले अझ सहज हुने बताए ।
यस्तै उनले आउँदै गरेको निर्वाचनलाई लक्षित गरी जनता र देशको सुरक्षा दिन सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको बताए । यस्तै जुनसुकै बिपद्मा पनि सशस्त्र प्रहरी अग्रपंगतिमा रहेर काम गरेको बताए । हाल नेपालभर १३५ भन्दा बढी गोताखोर रहेको उले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij