Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन क्षेत्र नं २ मा ६ स्वतन्त्रसहित २० जनाको उमेदवारी

चितवन क्षेत्र नं २ मा ६ स्वतन्त्रसहित २० जनाको उमेदवारी

चितवन : आगामी फागुन २१ गतेको निर्वाचनका लागि चितवन क्षेत्र नं २ मा २० जनाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकिता पौडेलको वारेसमार्फत रवि लामिछाने, नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङ र राप्रपाबाट जगदीश्वर अधिकारीसहित २० जनाले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा ९माओवादी०बाट दिर्शनाकुमारी शाही, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, जसपा नेपालबाट कमानसिंह चौधरी, मंगल नेसनल अर्गनाइजेसनबाट ऋषा गोले, आजपाबाट देवीकुमारी मगर, श्रम संस्कृति पार्टीबाट मिलन थापामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाशबहादुर पाण्डे, जनमत पार्टीबाट निर्मलाकुमारी ठाकुर, उज्यालो नेपाल पार्टीबाट नि।कुमार पाख्रिनले उमेदवारी दर्ता गरेका छन् ।स्वतन्त्रबाट प्रतापसिंह तामाङ, प्रवीन सापकोटा, रवि कुमाल, इन्द्रबहादुर स्याङतान, कृष्णप्रसाद चापागाईं र शंकुप्रसाद जैसीले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट