घोराही : दाङको कोइलावास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा ३९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
जिल्लाको एक मात्र भन्सार कार्यालयको रुपमा रहेको कोइलावासले लक्ष्यभन्दा १८ लाख रुपैयाँ कम राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिए। पहिलो चौमासिकमा कात्तिकसम्म कुल ५७ लाख ७४ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो।
सङ्कलित राजस्वमध्ये ५ लाख लिलामीबाट र बाँकी अस्थायी पैठारीबाट आएको हो। महिनागत विवरणअनुसार:
साउन: लक्ष्य १३ लाख ५८ हजार, सङ्कलन ९ लाख ९० हजार
भदौ: लक्ष्य १४ लाख ९८ हजार, सङ्कलन ६ लाख ६८ हजार
असोज: लक्ष्य १४ लाख, सङ्कलन ८ लाख
कात्तिक: लक्ष्य १५ लाख, सङ्कलन ९ लाख ६३ हजार
कार्यालय प्रमुख विष्टका अनुसार, जेनजी आन्दोलन र भारतीय सुरक्षाकर्मीको कडाइका कारण आवागमन कम भएको र त्यसको असर राजस्वमा परेको छ।
कोइलावास भन्सारको प्रमुख राजस्व स्रोत अस्थायी पैठारी हो। भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनमा दैनिक ६ सय रुपैयाँ र मोटरसाइकलमा दुई सय रुपैयाँ दरले राजस्व लिइन्छ।
यस क्षेत्रमा भारतीय पर्यटक रामजानकी मन्दिर भ्रमण, साइक्लिङ र पहाड घुम्नका लागि आउने गरेको भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुखले आवतजावत सहज बनाउन वातावरण सुधार आवश्यक रहेको बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij