Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गभर्नर पौडेलः नेपाल राष्ट्र बैंकले कालोसूची प्रावधानको समीक्षा सुरु गर्यो

गभर्नर पौडेलः नेपाल राष्ट्र बैंकले कालोसूची प्रावधानको समीक्षा सुरु गर्यो

काठमाडौँ : गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधानको अध्ययन गरी समीक्षा सुरु गरेको जानकारी दिएका छन्।

नेपाल आर्थिक पत्रकार संघको आइतबार आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा लगानी वृद्धि नहुँदा कालोसूची पनि एउटा कारण भएको भन्दै यसलाई सुधार गर्ने प्रक्रिया अघि बढाइएको बताए। गभर्नकाअनुसार, हाल तरलता पर्याप्त छ र यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो बनाएको छ। आगामी दिनमा लगानी वृद्धि हुने उनले विश्वास व्यक्त गरे।

पौडेलले बैंकहरूको नाफा बढाउन महानगरभित्रका शाखा व्यवस्थापनसम्बन्धी पनि मौद्रिक नीतिको समीक्षामार्फत वातावरण तयार गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट