मुम्बई(एजेन्सी) : बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । यही कारण उनको सुरक्षा व्यवस्था कडा पारिएको धेरै समय भइसकेको छ । उनको घरको बालकोनीमा पनि बुलेट प्रुफ ग्लास लगाइएको छ ।
सलमानका अनुसार बुलेट प्रुफ ग्लास लगाउनु पर्ने कारण अलिक फरक छ । सलमान हरेक वर्ष इदको मौका पारेर परिवारका साथ बालकनीमा आएर फ्यानलाई अभिवादन गर्छन् । अघिल्लो वर्ष उनको बालकनीमा बुलेट प्रुफ ग्लास नदेखिए पनि यसपटक भने ग्लास लगाइएको देखियो । यो कामले जोकोही चकित परे ।
सलमानले किन यो निर्णय लिए त ? ‘यो कुनै डरको कारणले होइन । पहिला कैयौं पटक केही फ्यानहरु बालकनीमा चढेर सुत्थे । त्यसकारण त्यो क्षेत्रलाई ढाक्नका लागि ग्लास लगाएका हौं’ उनले भनेका छन् ।यसपटक सलमानले अलिक फरक किसिमले इद मनाए । मुम्बईको उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोलाबारीको घटना भएपछि घरको वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij