रसुवा : बाढीका कारण केरुङमा रोकिएका नेपालीहरु आज तातोपानी नाकाबाट नेपाल आउँदै छन् । चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार चीनीयाँ समय अनुसार बिहान सात बजे चीनीयाँ सवारी साधनमा तातोपानी नाकातर्फ लागिसकेको बताउनुभयो ।
उहाँका अनुसार नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरु रहेका छन् । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाण्डौसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फ चीनियाँ सरकारले गरेको छ ।
जसमा फर्कनेमा सवारी चालक तथा बिरामी परेका र नियमित औषधी सेबन गरने र औषधि सकिएका गरि दुई सय तीन जना नेपालीहरु रहेको प्रमुख जिलला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
रसुवागढी नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई चीन सरकारले सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट नेपाल फर्काएको हो । गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काईएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij