Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ढाकास्थित एक विद्यालयमा सैनिक विमान खस्दा कम्तिमा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते

ढाकास्थित एक विद्यालयमा सैनिक विमान खस्दा कम्तिमा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते

काठमाडौं : बंगलादेशको राजधानी ढाकामा तालिममा रहेको सैनिक विमान विद्यालयको भवनमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।सो दुर्घटनामा एक सय ७० भन्दा बढी घाइते भएको बताइएको छ । बंगलादेश वायुसेनाको एफ–७ बीजीआई विमान उत्तरा क्षेत्रमा दुर्घटना भएको बंगलादेशको सेनाले पुष्टि गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।

सो लडाकु विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेटमा उडेको थियो र केही समयमै दुर्घटना भएको थियो । यो घटना बंगलादेशको राजधानी ढाकामा भएको पछिल्लो सबैभन्दा भयावह विमान दुर्घटना मानिएको छ ।

उत्तर क्षेत्रको मिलस्टोन स्कूल र कलेजको परिसरमा भएको दुर्घटनापछि ठूलो आगो र बाक्लो धुवाँको मुस्लो उडेको थियो । घाईते हुनेमा बालबालिका र अभिभावकहरू समेत रहेका छन् । उनीहरुको उपचार भईरहेको समाचार छ ।

दुर्घटनाको समयमा स्कुल एण्ड कलेजमा करीब २ हजार विर्द्यार्थी रहेका र विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने समाचारमा उल्लेख छ ।बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले दुर्घटनाको कारण छानबिन गर्न आवश्यक उपायहरू अवलम्बन गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट