Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पाकिस्तान प्रहरीले अनर किलिंगको घटनामा ११ जनालाई पक्राउ

पाकिस्तान प्रहरीले अनर किलिंगको घटनामा ११ जनालाई पक्राउ

इस्लामावाद : पाकिस्तान प्रहरीले अनर किलिंगको घटनामा ११ जनालाई पक्राउ गरेको छ । अनर किलिंगको भिडियो भाइरल भएपछि प्रहरीले यो कारबाही गरेको हो, जसमा बलुचिस्तानको एक घरमा एक जोडीको अनर किलिंगको घटनामा गोली हानी हत्या गरिएको थियो । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि घटनालाई लिएर मानिसहरूमा आक्रोश र क्रोध देखिएको छ ।नागरिक सङ्गठन, धार्मिक विद्वान र राजनीतिज्ञहरूले यस घटनाका आरोपीहरूलाई पक्राउ गर्न र कडा सजाय दिन माग गरिरहेका छन् ।

यस घटनामा ११ जनालाई पक्राउ गरिएको र यी व्यक्तिहरू अनर किलिंग मुद्दामा शंकास्पद अभियुक्त भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगटीले सोमबार भनेका छन् । यस मामिलामा छानबिन भइरहेको अनि घटनामा संलग्न सबै व्यक्तिहरूको पहिचान भइसकेको बलुचिस्तान सरकारका प्रवक्ता शाहिदले भने । घटना कहिले भयो र घटनाको भिडियो कसले बाहिरियो भन्ने कुरा पनि पत्ता लागेको बताइएको छ ।

भिडियोमा हतियारधारी व्यक्तिहरूको समूहले एक जोडीलाई क्रूरतापूर्वक मारेको देखिन्छ । अहिलेसम्म यो जोडीको पहिचान खुल्न सकेको छैन । भिडियोमा देखिएका मानिसहरू बाराहुई भाषामा कुरा गरिरहेका छन् ।

पाकिस्तानमा वर्षे अनर किलिङका कयौँ घटनाहरू भइरहन्छन् । मानव अधिकार आयोगको २०२४ को रिपोर्टअनुसार अघिल्लो वर्ष पाकिस्तानमा कम्तीमा ४०५ वटा यस्ता घटना भएका थिए । यस वर्षको सुरुमा अमेरिकाबाट फर्केका एक व्यक्तिले आफ्नी छोरीलाई टिकटकमा भिडियो नबनाऊ भनेको नमानेपछि हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट