Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

साउदी अरबका ‘स्लिपिङ प्रिन्स’ को निधन

साउदी अरबका ‘स्लिपिङ प्रिन्स’ को निधन

जेद्दाह : साउदी अरबका ‘स्लिपिङ प्रिन्स’ अल वालिद बिन खालिद बिन तलाल अल साउदको मृत्यु भएको छ । २० वर्षसम्म कोमामा रहेका उनी अन्ततः जुलाई १९ मा कहिल्यै उठ्न नसक्ने गरी निदाएका छन् ।

२००५ मा १५ वर्षको उमेरमा लन्डनमा दुर्घटनाको शिकार भएपछि उनी कोमामा गएका थिए । त्यतिबेला उनी बेलायतको एउटा सैन्य एकेडेमीमा पढिरहेका थिए । जीवन र मृत्युसँगको २ दशकसम्मको लडाई अन्ततः उनले हारेका छन् ।

उनलाई बचाउने अमेरिका, स्पेन र साउदी विशेषज्ञहरूको अथक प्रयास असफल भएको छ । यस अवधिमा उनको आँखाको चाल र कुरानको पाठ गर्दा शरीरले देखाउने हल्का प्रतिक्रियाहरूका कारण उनी ब्युँतिन्छन् कि भन्ने आशा बढेको थियो ।

उनी साउदी शाही परिवारका एक प्रमुख सदस्य राजकुमार खालिद बिन तलालका छोरा थिए । आफ्नो छोराको अवस्थालाई लिएर तलाल कहिल्यै निराश भएका थिएनन् । चिकित्सा विशेषज्ञहरूले उनलाई बारम्बार कोमामा गएका राजकुमारलाई भेन्टिलेटरबाट हटाउन सल्लाह दिएका थिए ।

तर उनले कहिल्यै उनीहरूको कुरा सुनेनन् । वर्षौंसम्म उनले हरेक दिन आफ्नो छोराको छेउमा बसेर प्रार्थना गरे, कुरान पढे र उनी बाँच्ने आशालाई जीवित राखे । तर यस्तो कहिल्यै भएन । राजकुमारको मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । हजारौँ मानिसहरूले यस दुखद क्षणमा आफ्नो श्रद्धाञ्जली, भावना र प्रार्थनाहरू दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट