मुम्बई : नव कलाकार अहान पाण्डे र अनीत पड्डा अभिनित फिल्म ‘सैयारा’ ले बक्स अफिसमा बलियो ओपनिङ गरिएको छ । अग्रिम टिकट बुकिङ नै राम्रो देखिएको फिल्मले ओपनिङ बिजनेस २० करोड भारु गर्ने अनुमान गरिएको थियो । तर फिल्मले २१ करोड भारु बढी व्यवसाय गर्न सफल भयो । फिल्मले अहिलेसम्म ४५ करोडको व्यवसाय गरेको बताइन्छ ।
फिल्मले स्टारका फिल्मलाई पनि चुनौती दिँदै २०२५ कै चौथो ठुलो ओपनिङ गरेको हो । मोहित सुरीको निर्देशन रहेको म्युजिकल रोमान्टिक फिल्म ‘सैयारा’ शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।
फिल्मबाट अभिनेता अहान पाण्डेको एक रेकर्ड पनि बनेको छ । ‘सैयारा’ पहिलो दिन कुनै पनि अभिनेताको सबैभन्दा धेरै कमाइ गर्ने डेब्यु फिल्म बनेको छ । ‘छावा’, ‘सिकंदर’ र ‘हाउसफुल ५’ पछि वर्षको चौथो ठुलो ओपनिङ फिल्म यही बनेको छ ।
यशराज फिल्म्सको ब्यानरमा बनेको ‘सैयारा’ को बजेट ४५ करोड रुपैयाँ रहेको जनाइएको छ । फिल्मले आइतबार पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। फिल्मले शुक्रबार र शनिबारको व्यवसायमा नै आफ्नो लगानी सुरक्षित गर्दै नाफा तर्फ अगाडि बढिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij