एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच पछिल्लो लडाईमा पाँचवटा लडाकु विमान खसालिएको बताएका छन् ।शुक्रबार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
तर, ट्रम्पले कुन देशका कति लडाकु विमानमा क्षति पुग्यो भन्ने बारे विस्तृत केही नखुलाएको बताइएको छ ।यसअघि पाकिस्तानलेसमेत भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो ।भारतले भने पाकिस्तानको उक्त दाबीलाई खारेज गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij