नयाँ दिल्ली : बलिउडका महानायक अमिताभ बच्चन छिटै आफ्नो हिट क्विज शो ‘कौन बनेगा करोडपति’को १७ औँ सिजनको साथ टिभीमा पुनरागमन गर्दैछन् । उनले सन् २००० मा केबीसी होस्टको रूपमा सुरुवात गरेका थिए ।
तेस्रो सिजन बाहेक सबै सिजन अमिताभ बच्चनले होस्ट गरेका थिए । तेस्रो सिजन भने शाहरुख खानले होस्ट गरेका थिए । अब शोको १७ औँ सिजन आउँदैछ । यसलाई अमिताभले होस्ट गर्नेछन् । यस सिजनसँगै, अमिताभ सबैभन्दा धेरै कमाउने टिभी शो होस्ट बनेका छन् ।
सियासत डट कमको खबरअनुसार, अमिताभ बच्चनले केबीसी १७ को प्रत्येक एपिसोडको लागि ५ करोड रुपैयाँ लिइरहेका छन् । यो शो हप्तामा पाँच पटक आउने भएकोले उनको साप्ताहिक आम्दानी २५ करोड रुपैयाँ हुन्छ । अर्थात् उनले एक हप्तामा २५ करोड रुपैयाँ कमाएका छन् । योसँगै, अमिताभ बच्चन भारतमा सबैभन्दा धेरै कमाउने टिभी होस्ट बनेका छन् । उनले सलमान खानलाई पनि पछि पारेका छन् ।
सलमान खानले होष्टिङ गरेर हरेक हप्ता २४ करोड रुपैयाँ कमाउँथे । रिपोर्ट अनुसार, सलमान खानले ‘बिग बोस ओटीटी२’को सप्ताहांत का वार एपिसोडको लागि प्रति एपिसोड १२ करोड रुपैयाँ पाउँथे, जुन प्रति हप्ता लगभग २४ करोड रुपैयाँ थियो । सलमानले बिग बोसको लागि हप्तामा दुई दिन मात्र सुटिङ गर्थे ।
सोनी टिभीले अप्रिल ४ मा एक प्रोमो भिडियोमार्फत ‘कौन बनेगा करोडपति १७’को घोषणा गरेको थियो । प्रोमोमा, अमिताभ बच्चनले पेट दुखेको बिरामीको भूमिका निभाएका थिए, जसले शोको फिर्ताको संकेत गरेको थियो । यसमा उनले केबीसी १७ को लागि दर्ता खुला भएको र प्रशंसकहरूलाई सोनी लिभ एप, एसएमएस वा आईभीआर कल मार्फत दर्ता गर्न प्रोत्साहित गरेका थिए । केबीसी १७ को प्रिमियर २०२५ को अगस्ट ११ मा हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij