काठमाडौं : एक जना राजनीतिज्ञलाई थाइल्यान्डमा २४ घन्टाका लागि प्रधानमन्त्री नियुक्त गरिएको छ। सरकार नेतृत्वको रिक्तता नरहनका लागि सूर्या जंगरुनग्रेङकिटलाई बुधबार देशको कामचलाउ प्रधानमन्त्री नियुक्त गरिएको हो। ७० वर्षीय सूर्याले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।
उनले निलम्बित प्रधानमन्त्री प्योटोङटार्न शिनावात्रालाई प्रतिस्थापन गरेका छन्, जसलाई संवैधानिक अदालतको आदेशपछि पदबाट हटाइएको थियो।
बैंकक पोस्टको रिपोर्ट अनुसार, थाइल्याण्डमा बिहीबार मन्त्रिपरिषद् पुनर्गठन हुने तय भएको छ। गृहमन्त्री फुम्थम भेचायचाईले उपप्रधानमन्त्रीको रूपमा शपथ लिन सक्नेछन्। उनले पदभार ग्रहण गरेपछि कार्यवाहक प्रधानमन्त्रीको रूपमा सूर्याको कार्यकाल समाप्त हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij