Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

2. सोमेश्वर मध्यवर्ती सामुदायिक वनको निर्वाचनमा चापागाईंको जित

2. सोमेश्वर मध्यवर्ती सामुदायिक वनको निर्वाचनमा चापागाईंको जित

माडी (चितवन) :  चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा तीन दलीय गठबन्धनका साझा उम्मेदवार सन्तोष चापागाईं विजयी भएका छन्।चापागाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अर्जुन काफ्लेलाई पराजित गर्दै जित हासिल गरेका हुन्।

निर्वाचनमा कुल ३४५ मतदाता रहेकामा २५१ मत खसेको थियो। मतपरिणामअनुसार चापागाईंले १६७ मत प्राप्त गर्दा काफ्लेले ७८ मत पाएका थिए। निर्वाचनमा पाँच मत बदर भएको थियो।यसैगरी, महिला प्रतिनिधि सदस्य पदमा अन्य उम्मेदवारी नपरेपछि नेकपाकी लक्ष्मी सुनार सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्।सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै चापागाईंको विजय सुनिश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट