चितवन : दोहोरो नाम दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका मतादतालाई चितवन जिल्ला निर्वाचन कार्यालयले मतादता नामावलीबाट हटाएको छ। जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार सबैभन्दा धेरै दोहोरो नाम भएका १ हजार ९४३ मतादातालाई कार्यालयले नामावलीबाट हटाएको छ। आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो नाम भएकाहरुलाई हटाएको कार्कीले जानकारी दिए। त्यसपछि मृत्यु भएका १ हजार ३८० जनाको नाम हटाएको उनले बताए।
वडा कार्यालयहरुबाट प्राप्त मृत्यु दर्ताका आधारमा त्यस्ता नाम हटाएको कार्कीले बताए । नागरिकता त्यागेका ३९ जनाको नाम पनि कार्यालयले मतदाता सूचीबाट हटाएको छ।जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागेको विवरणका आधारमा उनीहरुलाई मतदाता नामावलीबाट हटाएको निर्वाचन अधिकारी कार्कीले बताए । कार्यालयले हटाएको नामावली प्रकाशित गरेको छ। त्यसबारेमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगले अन्तिम नामावली असोज ३० मा जारी गर्ने कार्यालयले जनाएको छ । यसअघि गएको फाुगनमा संसदीय निर्वाचन हुँदा चितवनमा कुल मतदाता संख्या ४ लाख ४४ हजार २८२ थिए । चितवनमा ७ वटा पालिका र ३ निर्वाचन क्षेत्र रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij