Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कृष्ण सुनार अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षका उम्मेदवार

कृष्ण सुनार अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षका उम्मेदवार

चितवन : चितवनका विद्यार्थी नेता कृष्ण बहादुर सुनार नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।  उनी समावेशी दलिततर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

विद्यार्थीको हकहितका लागि लड्दै आएकाले उपाध्यक्ष भएर विद्यार्थीको समस्या समाधन गर्नेतर्फ अग्रसर उम्मेदवार बनेको सुनारले बताए । उनी स्कुले जीवनदेखि नै अखिल (क्रान्तिकारी)मा रहेर विद्यार्थी राजनीति गर्दै आएका छन् । तत्कालिन माओवादी विभाजन हुँदै गर्दा क्रान्तिकारी माओवादी वैद्यलाई साथ दिएका सुनार अहिले पुनः माओवादीमा फर्किएर विद्यार्थी राजनीतिलाई अगाडि बढाई रहेका छन् ।

उनी यसबीचमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा इकाई सदस्य हुँदै इकाई अध्यक्ष जिल्ला सदस्य हुँदै २०७४ मा चैत २९ गते २९ औँ जिल्ला सम्मेलनबाट चितवनको जिल्ला अध्यक्ष भएका थिए ।

२०७५ मा केन्द्रीय सदस्य भएका सुनार त्यसपश्चात निरन्तर केन्द्रीय समितिमा रहेर काम गर्दै आइरहेका छन् । उनी घोषित सम्मेलन अघि केन्द्रीय सचिवालय सदस्य रहेका थिए । सुनारले आफ्नो चुनावी एजेन्डा समेत सार्वजनिक गरेका छन् । उनले ७ बुँदामा आफ्नो एजेन्डालाई अघि सारेका छन् ।

–शिक्षा सुधारः सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षा ।

–स्वास्थ्य सेवाः प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच।

–रोजगारी सिर्जनाः युवा जनशक्तिका लागि रोजगारीका अवसरहरू।

–महिला सशक्तीकरणः महिला अधिकार र समानताका लागि विशेष कार्यक्रम।

–दलित अधिकार प्रवर्द्धनः सबैका लागि समान अवसर र अधिकार सुनिश्चित।

–गाउँको विकासः ग्रामीण क्षेत्रका लागि पूर्वाधार, शिक्षा र स्वास्थ्य सुधार।

–भ्रष्टाचार निवारणः पारदर्शी र जवाफदेही सरकार।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट