Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट, पाँचजना पक्राउ

कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट, पाँचजना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।बेलौरी नगरपालिका–९ रतनपुरका किशोरलाई अपहरण गरी स्थानीय जंगलमा पुर्‍याएर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उनीहरूले गत असोज २३ गते साँझ किशोरलाई स्थानीय खजुवा जंगलमा पुर्‍याएका थिए। त्यहाँ खुकुरी देखाएर धम्की दिँदै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै पाँचै जनालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij